नियम ६१
ठेगाना हुलाकमा डेलिभरी हुन नसकेका वस्तुहरूमा धरौटी राख्न सक्ने अवधि
(१) ठेगानावाला थाहा नभएको वा हुलाक अड्डामा कुनै सूचना नदिई ठेगाना बदली अन्य ठाउ“मा बसोवास गरेकोमा सबै किसिमको सोधपुछ गर्दा समेत कुनै पत्ता नलागि डेलिभरी हुन नसकेका साधारण तथा रजिष्ट्री भएका हुलाक वस्तु सात दिनसम्म ठेगाना हुलाकमा धरौटी राख्न सकिनेछ ।
(२) डेलिभरी हुन नसकेका हुलाक वस्तुहरूमा माग नगरेसम्म रोक्ने मार्फत हुलाक हाकिम वा नआई पुगेसम्म रोक्ने वा यस्तै किसिमको सूचना लेखिएको भएमा यस्तो हुलाक वस्तु प्राप्त भएको मितिले ३१ दिनसम्म मात्र धरौटीमा राख्न सकिनेछ ।
(३) पुन निर्देशन (रिडाइरेक्सन) भै आएको हुलाक वस्तु ठेगानावालालाई डेलिभरी गर्न कोशिस गर्दा पनि डेलिभरी हुन नसकेमा एक दिन पनि बढी धरौटीमा राख्न हुने छैन ।
(४) डेलिभरी हुन नसकेमा टेलिग्राफ वा आकाशवाणी ठेगानावाला प्राप्त हुन नसकेमा ठेगाना हुलाकमा प्राप्त भएको मितिले तीन दिनभन्दा बढी धरौटीमा राख्न सकिने छैन ।